sevenstartv.com १९ वैशाख २०८३, शनिवार

संसदलाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा अध्यक्ष दाहालकाे जोड

१६ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

संसद दिवसको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले संसद दिवस मनाइरहँदा संसदले अझ प्रभावकारी रुपमा समाज र राष्ट्रको हितमा काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो साझा उद्देश्य संसदलाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्दछ, यसका लागि सांसदहरूको क्षमतामा वृद्धिसँगै संसदीय अभ्यासमा आधुनिक प्रविधिको प्रयोग, विषयगत अनुसन्धान, जनतासँगको सम्बन्ध र कार्यपालिकामाथिको निगरानीको भूमिकामा सुधार आवश्यक छ ।’

अध्यक्ष दाहालले संसद्लाई अझ बढी जनताको आवाज उठाउने थलोका रूपमा कसरी अझै बढी स्थापित गर्न सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरूरी रहेको उल्लेख गरेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्