संसदकाे गरिमा उच्च राखौँ : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।
संसद दिवसको अवसरमा शुभकामना व्यक्त गरी सभामुख घिमिरेले संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था भएको उल्लेख गरेका छन् । उनले लोकतन्त्रको मूल आत्मा जनताको सहभागितामा निहित भएको बताए ।
उनले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरेका छन्।
