sevenstartv.com १४ असार २०८३, आइतवार

न्यायाधीश पोखरेललाई महेश बर्तौलाको प्रश्नः सात महिनाअघिको प्रतिवद्धता छोडेर खुट्टा उचाल्दै आउने ?

१५ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीशको बाँकी प्रक्रियाबाट अलग्गिन आग्रह गरेका छन् । 

संसदीय सुनुवाई समितिको आइतबारको बैठकमा उनले सर्वोच्च बारको अध्यक्षमा करिव डेढ वर्षको कार्यकाल बाँकी रहँदा राजीनामा गरेर न्यायाधीशको प्रक्रियामा आउनुले न्यायिक विचलन हुनसक्ने बताएका हुन् । उनले स्वविवेकीय ढंगले प्रक्रियाबाट अलग्गिन सुझाव दिँदै यो भन्दा अघिको प्रक्रियामा नजाने गरी बाहिरिन सुझाव दिए । 

न्यायाधीश बनेपछि राजनीतिक पक्षधरता छोडेर न्याय सम्पादनमा भन्ने ग्यारेन्टी पृष्ठभूमिले नदेखिने जिकिर गरे । सर्वोच्च बारमा सात महिनाअघि गरिएको प्रतिवद्धता तोडेर न्यायाधीशमा प्रश्तावित हुने बित्तिकै खुट्टा उचालेर आउनु हुन्छ रु भन्दै प्रश्न गरेका छन् । प्रश्तावित न्यायाधीश पोखरेलले विगतमा वकील भएर बहस गर्दा सबै बहस प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा बहस गरे । 

सम्बन्धित समाचार