sevenstartv.com ६ मंसिर २०८२, शनिवार

आगामी वर्ष एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने उद्देश्य सरकारको छ : प्रधानमन्त्री

१४ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन् । 

शुक्रबार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरुले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन् , शनिबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद् कार्य रहेको बताए । 

यस्तो नतिजामा पनि केही मानिसहरुले अंक थपेर पास गराइयो भन्दै अपमान गरेको बताएका छन् । नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै दुःख लागेको बताए । नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाई अघि बढाउनसक्ने खुबी रहेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्