फरक दल कांग्रेस र एमालेबीच असमझदारी हुनु सामान्य : देउवा
चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी र नेकपा एमालेबीच बेलाबखत असमझदारी हुनु सामान्य भएको बताउनुभएको छ ।
कांग्रेस सभापति देउवाले शुक्रबार भरतपुरमा पत्रकारहरूसँग संक्षितप्त कुरा गर्दै सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै यसलाई अनौठो मान्न नहुने धारणा व्यक्त गनृुभयो । कांग्रेस र एमालले सत्ता गठबन्धनमा साझेदारी गरे पनि असमझदारी देखिनु सामान्य भएको कांग्रेस सभापति देउवाको भनाइ छ । ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो’ उहाँले भन्नुभयो– तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’
पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रूपमा हटाएको प्रष्ट्याउनुभयो ।
