जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता शुरू हुँदै
सातै प्रदेशका कबड्डी टोली सहभागी हुने
काठमाडौं । जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ ।
मधेश प्रदेश खेलकुद परिषद्का सदस्यसचिव शिवजीप्रसाद कानुले बुधबार जनकपुरधामामा पत्रकार सम्मेलन गरी हरेक प्रदेशबाट १२ जना खेलाडी सहभागी हुने बताए ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने जनाइएको छ ।

.gif)