sevenstartv.com १५ असार २०८३, सोमवार

केप टाउन कन्भिन्सनको पक्ष राष्ट्रका लागि नेपालले प्रक्रिया अघि बढाउँदै

८ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हुन नेपालले प्रक्रिया अघि बढाउने भएको छ । 

आइतबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र हुनका लागि नेपालले प्रक्रिया अघि बढाउने तयारी गरेको बताएका हुन् । हवाई टिकट मूल्य घटाउन राष्ट्रिय एयरलाइन्सको संख्या बढाउनुपर्ने तर नेपालसँग जहाँज किन्नका आर्थिक अभाव रहेको बताए । 

उनले आर्थिक अभावलाई मध्यनजर गरेर सरकारले केप टाउन कन्भिन्सनमार्फत भाडामा जहाँज लिनेगरी छलफल अघि बढाएको जानकारी दिएका छन् । भाडामा जहाँज लिँदा पनि पारदर्शिताको कुरा उठ्ने भएकाले त्यसलाई पनि कसरी पारदर्शीता कायम राख्न सकिन्छ भन्ने हिसावले काम अघि बढाएको उनको भनाइ छ । 

संसारमा ६० प्रतिशत जहाँज भाडामा चल्ने गरेको बताउँदै मन्त्री पाण्डेले भाडामा जहाँज लिएर उडाउनका लागि दिने र लिने पक्षको सम्बन्धको बीचमा विश्वसनियता र पारदर्शिता कायम गर्न केप टाउन कन्भिन्सनको पक्ष राष्ट्र बन्नु जरुरी हुने बताए ।

 त्यसका लागि मन्त्रीपरिषद्को बाटो हुँदै संसदमा लगेर त्यसको पक्ष राष्ट्र हुने बाटोमा सरकार रहेको बताएका छन् । मन्त्री पाण्डेले अहिले दुई वटा न्यारोबडी, दुई वटा वाइटबडी र दुई वटा ट्विनअटरमात्रै सञ्चालनमा रहेको र एउटा बिग्रिएसँगै समस्या आउने गरेको बताए । 

सम्बन्धित समाचार