sevenstartv.com २० वैशाख २०८३, आइतवार

'दुई दल मात्रै रहने गरी संविधान संशोधन गर्न खोजे मान्दैनौँ'

२ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादी सांसद् डा. वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताएका छन् ।

आज राष्ट्रिय सभाको बैठकमा उनले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको बताएका हुन् ।उनले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने ? केका निम्ति संशोधन गर्ने ? भन्ने प्रश्न रहेको बताए । उनले दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने चेतावनी दिए ।

उनले भने, ‘अनियमितता बढेर गएका छन् । बेरुजु बढेर गएको छ । भ्रष्टचार बढेर गएको छ । यसलाई नियन्त्रण गर्न सकिएको छैन । यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिओस् । अहिले संविधान संशोधनका खुब चर्चा हुने गरेका छन्। संविधान संशेधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइयो दुई दलको बीचमा सहमति गरेर भन्ने पनि आएको छ । समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति हो भने यो स्वीकार्य हुनेछैन ।'

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्