sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

रास्वपा संसदीय दलको बैठक बस्दै

११ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ ।  रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा अपराह्न २ बजेदेखि बस्ने भएको हो । 

बैठकले संसदको आगामी अधिवेशनका सम्बन्धमा छलफल गर्ने लगायत केन्द्रीय समिति बैठकले रास्वपा संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा छलफल हुने जानकारी दिइएको छ ।

शुक्रबारदेखि संसदको बजेट अधिवेशन शुरु हुन लागेकोले त्यसको तयारी स्वरूप बैठक बस्न लागेको बताइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्