कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. डबलबहादुर धामी नियुक्त
काठमाडौं । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सहप्राध्यापक डा.डबलबहादुर धामी नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा. धामीलाई दिएका हुन् ।
प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर) समेत रहेका धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
यसअघि प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो ।
