sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

परराष्ट्रमन्त्री डा.राणा थाइल्याण्ड जाँदै

७ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । परारष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औँ सत्रमा सहभागी हुन आज थाइल्याड जाने भएकी छन् । 

बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना हुने सो कार्यक्रमका लागि मन्त्री राणा थाइल्याण्ड जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।  एशिया तथा प्रशान्त क्षेत्रमा दिगो र प्रतिरोधी सहरी विकासका लागि क्षेत्रीय सहकार्य विषयक सत्रको राणाले अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ । 

मन्त्री देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग, तथा बैंककस्थित नेपाली दूतावासका उच्च अधिकारीहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डलले बैठकमा सहभागीता जनाउने छ । 

डा. राणा अप्रिल २५ मा स्वदेश फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्