sevenstartv.com ८ असार २०८२, आइतवार

पाठ्यपुस्तक छपाइ सकिएको जनक शिक्षाको भनाई

शैक्षिक सत्र अगावै विद्यालय पुग्ने

१४ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ ।  केन्द्रका अनुसार अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको हो ।

छपाइको काम सकिएकाले शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरिका विद्यालयहरूमा किताब पुग्ने केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए । उनका अनुसार ८ वटा क्षेत्रीय कार्यालय र केन्द्रबाट १४ जिल्लामा बिक्री वितरण हुनेछ । कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रबाट छपाइ भएको केन्द्रले जनाएको छ । 

कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक भने जनक शिक्षाबाट छपाइ भएको केन्द्रकी सूचना अधिकारी पार्वती न्यौपानेले बताए । यो वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य केन्द्रले लिएको थियो । जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ भइसकेको छ ।

करिब २० हजार जति कक्षा ३ र ५ को किताब अघिल्लो वर्षको स्टक छ । पुस्तक वितरणका लागि केन्द्रले तालिका नै बनाएको छ । १ वैशाखभित्र सबै जिल्लामा पुस्तक पु¥याउने गरी केन्द्रले तालिका बनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्