sevenstartv.com २२ मंसिर २०८२, सोमवार

होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु

३ चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धी चोकमा भएको विवादमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । 

 १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो । प्रहरीकाअनुसार छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम-२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ । धनुषा प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो ।

सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो । धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्