sevenstartv.com २४ मंसिर २०८२, बुधवार

डेंगी नियन्त्रणका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्छ : स्वास्थ्यमन्त्री

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन् ।

डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उनले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशील बनाएर निगरानी गर्न आवश्यक रहेको बताएका हुन् ।

बढी मानिसहरुको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने उनको भनाई छ । लामो बाहुला भएको लुगा लगाउने जस्ता जनचेतना अभिवृद्धि गर्नसके पनि महत्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ । 

जनचेतना अभिवृद्धि गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहले समन्वयात्मक रुपमा भूमिका खेल्नुपर्ने उनले बताए । सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने उनले जानकारी दिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्