संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) ‘फाष्ट ट्रयाक’ बाट पारित हुने
काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) ‘फाष्ट ट्रयाक’बाट पारित गर्ने भएको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्ने कार्यसूची छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।
विधेयकमाथि छलफल गरी आजै पारित गर्ने कार्यसूची छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा कानुन समितिको प्रतिवेदनसहित विधेयक पेश गरिएको थियो । राष्ट्रिय सभाको बैठक भोलि दिउँसो सवा १ बजेलाई बोलाइएको छ । राष्ट्रिय सभाले पारित गरेपछि सन्देश प्रतिनिधिसभामा सुनाएपछि सभामुखले प्रमाणीत गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने छ ।
राष्ट्रपतिबाट प्रमाणिकरण भएको विधेयक राजपत्रमा प्रकाशित भएसँगै ऐनको रूपमा कार्यान्वयनमा आउनेछ । टीआरसी विधेयकविरुद्ध अधिवक्ता श्यामकृष्ण मास्केले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
