sevenstartv.com २० वैशाख २०८३, आइतवार

महामन्त्री थापाले भने- प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको छ

२९ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् । 

आज प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको बताएका हुन् । उनले मन्त्रीहरुलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताए । 

उनले कामको आधारमा मन्त्रीहरुको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताएका छन् । मन्त्रीहरुले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताए । उनले मन्त्रीहरुलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्