sevenstartv.com २४ मंसिर २०८२, बुधवार

देशभर ५० जनामा हैजाको संक्रमण पुष्टि

२९ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

जसमध्ये सबै भन्दा धेरै ललितपुरमा रहेका छन् । ललितपुरका मात्र ३८ जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।  

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको (ईडीसीडी)ले जनाएको छ ।  बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ ।

पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरुको आग्रह छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्