sevenstartv.com २० वैशाख २०८३, आइतवार

आजका प्रमुख सात समाचार

२८ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । 

कांग्रेस बैठक स्थगित

साउन २३ गतेबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ सात गतेसम्मका लागि स्थगित भएको छ ।

बैठकमा प्रस्तुत भएका विभिन्न ११ वटा एजेन्डामाथि नेताहरूले बोल्ने क्रम जारी रहेको छ । सोमबार पनि नेताहरूले आफ्नो धारणा राखेका थिए । 

पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ७ गते शुक्रवार बिहान ११ः०० बजे बस्नेछ ।

प्रचण्डको भनाइ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चर्किएको बहसले केही तनाव नभएको बताएका छन् । 

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाडामा स्थायी समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सबै विवाद मिलेर जाने बताए । 

गत शनिवार उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणका लागि तीन विकल्प अघि सारेका थिए । 

यता, प्रवक्ता प्रवक्ता अग्निप्रसाद सापकोटाले उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न सुझाव दिएकोबारे सांगठानिक विधिबाट नै निष्कर्षमा पुग्ने बताए ।

नेपाल–भारत सचिव

नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन् । 

विदेशसचिव मिस्रीले सोमवार काठमाडौंको नक्शालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकी सचिव लम्सालसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्ताका क्रममा दुई देशका बिचमा विगतमा भएका सहमतिहरू तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरूलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरुको बीचमा समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरू र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरूको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताए ।

उनले भारतीय विदेश सचिव र नेपालकी परराष्ट्र सचिवबीचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताए । भेटका क्रममा कुनै सहमति वा समझदारीहरू नभएको उनले स्पष्ट पार्नुभयो । 

छानबिन समिति

सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय विशेष समितिको छानबिन अन्तिम चरणतिर पुगेको छ ।

केही दिनयता समितिले बचतकर्ताको रकम दुरुपयोग गर्ने सहकारीका सञ्चालक लगायतसँग सोधपुछ गरिरहेको छ । सोमबार सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराए ।

निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तहहरूको रिक्त पदमा उपनिर्वाचन गर्न मंसिर तेस्रो साताको मिति उपयुक्त हुने सुझाव दिएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे भएको छलफलमा यस्तो सुझाव दिएको हो । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । 

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गर्नुभएको थियो । 

मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ । 

विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिन अलमलिएको बताएका छन् । 

सोमवार नेपाली काँग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा उनले नेपाली काँग्रेसको इतिहास र विगतका अर्थतन्त्रका सुधारका कामले पनि मुलुकको दोस्रो चरणको अर्थतन्त्र सुधारको नेतृत्व लिन चुकको बताए ।

सङ्कुचनमा गएको अर्थतन्त्रको दोस्रो चरणको सुधार गर्ने गरी काँग्रेसले पार्टीको स्पष्ट दृष्टिकोण बनाएर जान आवश्यक रहेको उनले जिकिर गरे । 

चौधरीले काँग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म अस्पष्ट रहेको बताए । अब काँग्रेसको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ ढंगले परिभाषित गर्ने बेला आएको सांसद चौधरीको धारणा थियो । 

शेयरमा रेकर्ड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार हालसम्मकै उच्च रकमको कारोबार भएको छ । 

यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएकोमा शेयर बजारमा सोमबार त्योभन्दा बढी रकमको कारोबार भएको हो । 

निरन्तर उच्च अङ्कको उकालो देखिएको नेप्से परिसूचकमा आजको कारोबार २७ अर्ब नाघेको छ ।

नेप्से परिसूचक सोमबार ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो ।

आज तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर दुई लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ बराबरको कारोबार भएको छ ।

कुल बजार पुँजीकरण रु ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार तीन सय पुगेको छ । लगानी समूह शून्य दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । 

सबैभन्दा धेरै जीवन बीमा समूह  पाँच दजशमलव ८५ र वित्त समूह चार दशमलव ८१ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्