माओवादी केन्द्रको स्थायी समिति बैठक तीन घण्टा पर सर्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय केहि पर धकेलिएको छ ।
गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक सोमबार बिहान ११ बजे बस्ने भनिएको थियो । तर नेताहरूको कार्यव्यस्तताका कारण बैठकको समय सरेको माओवादी केन्द्रले जनाएको छ ।
अब बैठक दिउँसो २ बजे बस्नेछ । बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए ।
उनको प्रस्तावमाथि नेताहरूले चर्को बहस गरेका छन् । खासगरी पार्टीको नीति र नेतृत्वको सम्बन्धमा जनार्दन शर्मा, वर्षमान पुन, राम कार्की लगायतका नेताहरूले प्रश्न उठाएको नेताहरूले बताएका छन् ।
