sevenstartv.com २० वैशाख २०८३, आइतवार

भारतका विदेशसचिव मिस्री आज स्वदेश फिर्ता हुँदै

२८ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिस्री आज स्वदेश फर्किदैछन् ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका विदेशसचिव मिस्त्रीले आइतबार उच्च स्तरीय भेटवार्ता गरेका थिए । आइतबार नै विदेशसचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए ।

यस्तै, उनले आइतबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटवार्ता गरेका थिए । 
परराष्ट्र मन्त्रालयका अनुसार मिस्रीको भ्रमणले दुवै देशका परराष्ट्रसचिवबीच नेपाल-भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरि नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्