माओवादीको स्थायी समितिमा आज पनि सदस्यहरूले धारणा राख्नेक्रम जारी रहने
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार पनि बस्दैछ।
स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि सुरू हुनेछ । बैठकमा स्थायी समिति सदस्यहरूले धारणा राख्नेक्रम जारी छ।
आइतबार १४ जना स्थायी समिति सदस्यले धारणा राखिसकेका छन्। शनिबारदेखि सुरू भएको स्थायी समिति बैठकमा आधाभन्दा बढीले धारणा राखिसकेका छन । माओवादीको स्थायी समिति ४४ सदस्यीय छ।
आइतबार पार्टी उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा लिखित धारणा राख्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व हस्तान्तरण गरेर सम्मानजनक बहिर्गमनको बाटो रोज्न सुझाएका थिए।
अरू स्थायी समिति सदस्यहरूले पनि पार्टी आधारभूत तहबाट विस्थापित हुँदै गएकाले जनतामा जान ढिला भइसकेको विचार व्यक्त गरेका छन्।
