sevenstartv.com २० वैशाख २०८३, आइतवार

मानव अधिकारकर्मीको विरोधकाबीच राष्ट्रसंघबाट साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदित

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । वर्तमान समयमा सम्भावित खतराको निगरानी चेतावनी दिएका मानव अधिकारकर्मीको कडा विरोधको बाबजुद राष्ट्रसंघका सदस्य राष्ट्रहरूले साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन गरेका छन् ।

न्युयोर्कमा तीन वर्षको वार्ता र अन्तिम दुई हप्ताको छलफलपछि सदस्यहरूद्वारा अनुमोदित साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसंघीय अभिसन्धिलाई औपचारिक स्वीकृतिका लागि महासभामा पेस गरिनेछ । 

अभिसन्धिको मस्यौदा समितिको अध्यक्ष अल्जेरियाली कूटनीतिज्ञ फौजिया बौमाइजा मेबार्कीले प्रस्ताव स्वीकृत भएपछि सहभागी सदस्य राष्ट्रलाई धन्यवाद दिएका छन् । रूसले सन् २०१७ मा गरेको प्रारम्भिक कदमपछि अमेरिका र युरोपेली विरोधको बाबजुद यो समिति गठन गरिएको थियो ।

यो अभिसन्धि ४० सदस्य राष्ट्रद्वारा अनुमोदन भएपछि लागु हुनेछ भने यसले बाल यौन दुव्र्यवहार, सम्पत्ती शुद्धिकरणलगायतका ‘साइबर अपराध’लाई प्रभावकारी रूपमा रोक्न प्रयास गर्नेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्