२७ हजार एक सय ५३ जनामा डेङ्गी संक्रमण हुँदा ११ जनाको मृत्यु
काठमाडाैं । देशका ७६ जिल्लामा फैलिएको डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार जना नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीको तथ्याङ्कअनुसार देशभर गरी २७ हजार एक सय ५३ जनामा डेङ्गी पुष्टि भएको हो ।
डेङ्गीबाट ११ जनाको ज्यान गइसकेको छ । ७६ जिल्ला मध्ये सबैभन्दा धेरै कास्कीमा सात हजार ८० जना र काठमाण्डौमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा एक हजार ५७ र भक्तपुरमा छ सय २८ जना गरी काठमाण्डौ उपत्यकामा पाँच हजार सात सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।
यो विवरण जनवरी १ अर्थात् गएको पुष १६ गतेदेखिको हो । नेपालमा भदौ असोज महिनामा धेरै संक्रमित देखिने गरेको भए पनि धेरैजसो महिना केही सङ्ख्यामा बिरामी देखिने गरेका छन् । देशका सहरी क्षेत्र हुँदै मध्य पहाड र पहाडी क्षेत्रका धेरै ठाउँमा डेङ्गी देखिने गरेको छ ।

.gif)