sevenstartv.com २४ मंसिर २०८२, बुधवार

त्रिवि शिक्षण अस्पतालमा पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण

शनिबार, ८ अषाढ २०८१ स्टार संवाददाता

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी चिकित्सक बिनानै त्यहीँको चिकित्सकको टिमले पाँचौँपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ ।

 

अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नेतृत्वको टिमले शुक्रबार साँझ कलेजो प्रत्यारोपण गरेको हो ।

 

प्राडा भण्डारीका अनुसार धनगढीका एक पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो । शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको प्रत्यारोपण अपरान्हसम्म चलेको उनले बताए ।

 

योसँगै त्रिवि शिक्षण अस्पतालमा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालका २०८० पुस २७ गते नेपाली चिकित्सककै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो ।

 

त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठमा पहिलोपटक कलेजो प्रत्यारोपण भएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्