sevenstartv.com २० वैशाख २०८३, आइतवार

खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छु : खेलकुदमन्त्री चौधरी

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन् । 

आज त्रिपुरेश्वरस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का निःवर्तमान उपाध्यक्ष शिव कोईरालाको बिदाई कार्यक्रममा उनले खेलाडीहका जुन देशमा राम्रो काम गर्न सकिँदैन, सेवा, सुविधा दिन सकिँदैन त्यस देशबाट प्रतिभावान खेलाडी पलायन भइरहने बताका हुन् ।

मन्त्री चौधरीले सक्षम खेलाडीलाई कसरी नेपालमा रोक्ने, उनीहरुलाई केके सुविधा दिँदा जीविका चलाउन सहज हुन्छ भन्नेबारेमा सरकारले आवश्यक काम गर्ने पनि जिकिर गरे । खेलाडीहरुका लागि भन्दा आफ्ना लागि बढी सोच्ने मन्त्रालय मातहतका खेलकुद निकायलाई अप्रिय निर्णय लिने चेतावनी समेत दिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्