sevenstartv.com २६ भदौ २०८३, शुक्रवार

देउवा पक्षलाई सानेपाबाट जवाफ दिँदै नेपाली कांग्रेसका सभापति गगन थापा

१ भदौ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं -नेपाली कांग्रेसका सभापति गगन थापाले आज जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन्।

करिब एक सातादेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्न लागेका हुन्। ४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने जनाइएको छ।

उनले आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा आफू विरुद्ध उठाइएको प्रश्नको पनि जवाफ दिने नेताहरूले बताएका छन्।

हिजो एक कार्यक्रममा बोल्दै देउवा समूहको तीन दिने भेलाबारे सानेपामा पत्रकारलाई बोलाएर एक घण्टा जवाफ दिने बताएका थिए।
उनले देउवा समूहको भेलालाई लक्षित गर्दै पछिल्लो तीन दिनमा आफ्नो सबैभन्दा धेरै निन्दा भएको समेत टिप्पणी गरेका थिए।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्