sevenstartv.com २८ साउन २०८३, बिहिवार

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ , पत्रकारिता क्षेत्र आन्दोलित

जनआस्था कार्यालयमा बिहानै छापा

२८ साउन २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ -जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीको टोली आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ 

जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश गरेको छ ।

यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि राति १ बजे फेरि प्रहरीको टोली घर पुगेर छापा मारेको थियो ।

नेपाल पत्रकार महासंघलगायतका पत्रकारका संस्थाहरुले मध्यराति नै प्रहरी कार्यालयमा धर्ना दिएका थिए । प्रहरीको टोली आज बिहानै श्रेष्ठको कार्यालय पुगेको हो ।

जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्