sevenstartv.com २१ वैशाख २०८३, सोमवार

चार संसदीय समितिकाे बैठक बस्दै

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदका चार संसदीय समितिका बैठक आज बस्ने भएको छ । 

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ। यस्तै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बनेछ । बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्धन लगायत विषयमा मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

बिहान साढे ११ बजे सिंहदरबारमा विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

 दिउँसो २ बजे सिंहदरबारमा राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्