sevenstartv.com १ जेठ २०८३, शुक्रवार

सरकारले आर्थिक वर्ष २०८३/०८४को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्यो

२८ वैशाख २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जसमा राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरिएको छ ।

सरकारले सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना र रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गर्ने भएको छ । श्रम प्रदान निर्यात सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा, हलुका उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गरिने भएको छ । अर्को तर्फ आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । निति तथा कार्यक्रममा भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गर्ने विषय समेत समेटिएको छ ।  एक वर्षभित्र सडक बालिकामुक्त देश बनाइने, नापी र मालपोत सेवालाई एकीकरण गरी सो सेवालाई स्थानीय तहसम्म विस्तार गर्ने, नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिवोर्ट वर्क नीतिको कानुनी व्यवस्था गर्ने, विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने लगाएत विविध विषय सरकारले समेटेको छ ।
 
सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेर’ ‘डिजिटल’ सेवालाई प्रवद्र्धन गर्ने समेत जनाएको छ ।

 

सम्बन्धित समाचार