कांग्रेसका सभापति गगन थापाले कर्णाली प्रदेशमा अब पार्टी नेतृत्वको सरकार बन्ने बताए
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णाली प्रदेशमा अब पार्टी नेतृत्वको सरकार बन्ने बताएका छन् । कर्णाली प्रदेशस्तरीय समीक्षा बैठकमा सहभागी हुन सुर्खेत पुगेका थापाले एमालेसँग भएको सहमति अनुसार अब पार्टी नेतृत्वको सरकार बन्ने बताएका हुन् ।
राजनीतिक समझदारी अनुसार नै कर्णालीमा पनि नेतृत्व परिवर्तनको प्रक्रिया अगाडि बढ्ने उहाँको भनाई छ । उनले पार्टी जिम्मेवारीबाट कुनै तहका सरकारमा गएर पनि आर्थिक अपचलनमा मुछिए अख्तियारले भन्दा पहिले पार्टीले कारबाही गर्ने बताउनुभयो ।
सभापति थापाले केन्द्र सरकारले गरेको राम्रो कामको समर्थन गर्दै नराम्रो काम खरो रूपमा विरोध गर्ने समेत जानकारी गराएका थिए ।
