सुन, चाँदीको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ दरभाउअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँको ऐतिहासिक विन्दुमा पुगेर कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ४५ रुपैयाँमान कारोवार भएको थियो । आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ४० रुपैयाँ कायम भएको छ।
