धर्मको नाममा गलत प्रचार गर्ने ६ विदेशी पक्राउ
विराटनगर । अवैध रूपमा धर्म प्रचार गरिरहेको अवस्थामा विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा प्रहरीले ६ जना सिंगापुरका नागरिकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी नागरिक रहेका छन्।
उनीहरूसँगै नेपाली सहयोगी निरा राजभण्डारी र १६ वर्ष मुनिका १२ जना किशोरीसहित कुल ३० जना कार्यक्रममा सहभागी रहेका व्यक्तिहरु थिए। शनिबार बिहान होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी गराएका छन् ।
प्रहरीका अनुसार हलभित्र लाफिङ बुद्धको मूर्ति राखेर गौतम बुद्धको ज्ञानका नाममा प्रशिक्षण दिने बहानामा धर्म प्रचार भइरहेको पाइएको भन्दै उनीह रुलाई पक्राउ गरिएको हो ।
