sevenstartv.com १० चैत २०८२, मङ्गलवार

अमेरिकामा १४ वर्षीय बालकले स्कुलमा चलाएको गाेली लागेर चार जनाको मृत्यु

२० भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ । विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको हो । 

आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन्।  गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती बालकलाई मुद्दा चलाउने तयारी गरिएको छ । उनले गोली हान्नुको कारण खुलेको छैन । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्