लुम्बिनी प्रदेश सभा बैठक बस्दै
काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत सातौँ बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।
बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।. त्यसैगरी, वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको छ ।
