sevenstartv.com १२ वैशाख २०८३, शनिवार

कानून विपरीत निजी विद्यालयले लिइएको भर्ना शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयकाे निर्देशन

२३ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएको हो । आउँदो वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु हुँदैछ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर शैक्षिकसत्र शुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन तथा शुल्क मापदण्ड विपरीत शुल्क नलिने व्यवस्था मिलाउन र गैह्रकानुनीरुपमा लिइएको पाइए शुल्क फिर्ता नगर्ने विद्यालयलाई कारबाही हुन सक्नेतर्फ समेत सचेत गराएको छ ।

शुक्रबार सर्वोच्च अदालतले दिएको आदेशको उल्लङ्घन गरी शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना गर्ने कार्य भए दण्डनीय हुनेछ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्