sevenstartv.com २७ जेठ २०८३, बुधवार

अफगानिस्तानमा भूकम्प जाँदा ९ जनाको मृत्यु

२२ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । उत्तरी अफगानिस्तानमा भूकम्प जाँदा ९ जनाको मृत्यु भएको छ ।  राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

हम्मादले भूकम्पका कारण काबुल प्रान्तमा एउटा घर भत्किँदा त्यसमा रहेका ९ जनाको मृत्यु भएको जानकारी दिए । सोही ठाउँमा एक बालक घाइते भएका छन् ।

भूकम्पको धक्का राजधानी काबुलमा पनि महसुस गरिएको थियो । १८६।४ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्रबिन्दु शुरुमा ३६।५५ डिग्री उत्तरी अक्षांश र ७०।८५ डिग्री पूर्वी देशान्तरमा रहेको पहिचान गरिएको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्