sevenstartv.com १२ वैशाख २०८३, शनिवार

युद्ध अन्त्य गर्ने सम्झौताका लागि इरानलाई ट्रम्पले दिए ४८ घण्टाको समयसीमा

२२ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा होर्मुज जलमार्ग खोल्न चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले सम्झौताको समय सकिन लागेको र त्यसपछि थप आक्रमणको चेतावनी दिएका हुन् । यसअघि राष्ट्रपति ट्रम्पले इरानी ऊर्जा संयन्त्रहरूमा १० दिनका लागि आक्रमण रोक्ने घोषणा गरेका थिए तर यो बीचमा पनि आक्रमणका घटना रोकिएका छैनन् । 

अमेरिका–इरानबीचको तनाव झन् चर्किँदै गएको छ र अबको ४८ घण्टा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षाका लागि निर्णायक हुन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिका–इजरायल र इरानबीच गएको फेब्रुअरी २८ तारिखयता निरन्तर युद्ध भइरहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्