गुण्डागर्दी गरेको आरोपमा काठमाडौंका विभिन्न ठाउँबाट १७ जना पक्राउ
काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा काठमाडौका विभिन्न ठाउँबाट १७ जना पक्राउ परेका छन् । गएराति ठमेल, दरबारमार्ग र सामाखुसीबाट उनीहरू पक्राउ परेका हुन् ।
विभिन्न समूहको नाममा भइरहेको गुण्डागर्दीलाई नियन्त्रण गर्न प्रहरीले चलाएको अभियानलाई ‘स्वीप अपरेसन’ भनिएको छ । यस्तै काठमाण्डौ प्रहरीले यात्रुलाई विभिन्न बहानामा दुस्ख दिने थप १३ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीले बिचौलियाका रूपमा सर्वसाधारण नागरिकलाई हैरानी दिने व्यक्तिलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको छ । हिजो कलङ्की र नयाँ बसपार्कमा खटिएको प्रहरी टोलीले १३ जनालाई पक्राउ गरेको हो ।
