शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ
काठमाडौं । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण विभाले शुक्रबार अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको हो । उनलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको विभागका एक अधिकारीले बताए ।
पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।
