sevenstartv.com १९ वैशाख २०८३, शनिवार

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

२० चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् । अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई पक्राउ परेका हुन् । 

उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।  १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत थियो । तर ऋण र लगानी गरेर १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ प्रवाह गरेको देखिएको छ ।

बाँकी रकमको विवरण भने केही पनि भेटिएको छैन । उक्त रकम हिनामिना गरेका आरोप छ । प्रवाह भएको ऋण समेत कमसल धितो, बिना धितो दिइएको खुलेको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर बुझाइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्