माइक्रोबस र बसठोक्किँदा १० जना घाइते
काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बसठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौंबाट काँकडभित्तातर्फ जादैँ गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख २२९७ नम्बरको बस ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा माइक्रोबसका चालक ललितपुर महानगरपालिका-१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविन तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका छन् । चालक मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै दुर्घटनामा घाइते अन्य यात्रुहरूमा झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेकी ९ वर्षीया संस्कृति यादव र ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका-१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका-१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका-७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन्। उनीहरुको स्थानीय आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ । बस चालक दोलखाको बैतेश्वर गाउँपालिका ६ का सुमन सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
