कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने
काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाली कांग्रेसका शीर्ष नेता बैठकले सो निर्णय गरेको हो ।
सभामुख पदमा उम्मेदवारी नदिने निर्णय भएको सो पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । एमाले सांसद ऐन महरले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने बताए ।
त्यस्तो अवस्थामा एमालेले उपाध्यक्ष गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्नेछ । अहिलेसम्म कांग्रेस लगायतले सभामुखबारे कसैसँग छलफल नभएको जनाएको छ । प्रवक्ता देवराज चालिसेले सभामुखमा उम्मेदवारी दिने नदिनेबारे कुनै छलफल नभएको प्रतिक्रिया दिए ।
सत्तापक्ष रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने गरी मनोनयन दर्ता गरिसकेको छ । विपक्षी सबै दल मिल्दा पनि अर्याल नै सभामुख अर्यालले नै जित्ने संसद्को अंकगणित छ ।
