sevenstartv.com १९ वैशाख २०८३, शनिवार

रास्वपाका उपसभापति अर्यालले सभाुमख पदका लागि उम्मेदवारी दर्ता गराए

२२ गते निर्वाचन हुने

२० चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि शुक्रबार उम्मेदवारी दर्ता गराएका छन् ।

सभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुँदै छ । बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए भने त्यो सर्वसम्मत रूपमा अनुमोदन भएको थियो । 

अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्