देशभर सुरु भयो एसईई
काठमाडौं । नेपालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आजदेखि देशभर एकैसाथ सुरु भएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ ।
यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना बोर्डले अघि सारेको छ ।
