sevenstartv.com १९ वैशाख २०८३, शनिवार

एमालेको संसदीय दलको बैठक बस्दै

१८ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने सम्भावना रहेको छ ।  मंगलबार एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो । 

संसदबाट पनि पार्टीले ओली पक्राउको विरोध गर्ने तयारी गरेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्