इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको भन्दै ट्रम्प असन्तुष्टि
काठमाडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको भन्दै कडा असन्तुष्टि जनाएका छन् ।
उनले केयर स्टाररको निर्णयलाई ठूलो गल्ती भन्दै आलोचना गरेका छन् । इरानसँगको तनाव सुरु भएपछि बेलायतले अमेरिकी सेनालाई डिएगो गार्सियास्थित संयुक्त सैन्य अड्डाबाट आक्रमण सञ्चालन गर्न अनुमति दिन अस्वीकार गरेको थियो । ट्रम्पले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै हामीलाई आवश्यक पर्दा त्यो अड्डा प्रयोग गर्न दिइएन भनेका छन् ।
ट्रम्पले बेलायती युद्धपोतलाई समेत खेलौना जस्तो भन्दै टिप्पणी गरेका थिए । साथै उनले स्टार्मरलाई ‘असल व्यक्ति भए पनि सहयोग नगरेको’ आरोप लगाएका छन् । अमेरिकाले इरानविरुद्ध प्रारम्भिक आक्रमणका लागि बेलायतका हवाई अड्डा प्रयोग गर्न अनुमति मागेको थियो । तर, बेलायत सरकारले त्यसबेला अस्वीकार गरेको बताइएको छ ।
यद्यपि पछि भने बेलायतले रक्षात्मक प्रकृतिका अमेरिकी कारबाहीका लागि आफ्ना अड्डा प्रयोग गर्न अनुमति दिएको जनाएको छ । यस घटनाले अमेरिका–बेलायत सम्बन्धमा कूटनीतिक तनाव बढेको आँकलन गरिएको छ ।
