sevenstartv.com १९ वैशाख २०८३, शनिवार

नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु

१७ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

 काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । 

बैठक काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको हो । पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू भेलामा सहभागी छन् । भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन् । भेलामा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरू उपस्थित भेलाले चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्नेलगायत एजेन्डा तय गरिएको छ । बैठक नेता पूर्णबहादुर खड्काले सञ्चालन गरेका छन् । उनले शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका हुन् । 

शेखर पुगेसँगै खड्काले सबै नेतालाई आ(आफ्नो ठाउँ मा बसिदिन आग्रह गरेर बैठक अघि बढाएका छन । बैठकमा १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ र दुई प्रदेश सभापति सहभागी छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्