केन्द्रीय सदस्य नानीमायामाथि आक्रमण गर्ने राप्रपा नेतृहरु फरार
काठमाडौं । प्रतिनिधिसभामा समानुपतिक उम्मेदवार छनोटको मापदण्ड मिचिएको भन्दै राप्रपा केन्द्रीय कार्यालयमा अनसनमा बसेका महिलामाथि आक्रमण गरेको आरोपमा पक्राउ पुर्जी जारी भएकामध्ये ४ जना अझै फरार रहेका छन् । एकजना भने पक्राउपछि धरौटीमा छुटेको प्रहरीको भनाइ छ ।
अनसनका क्रममा केन्द्रीय सदस्य नानीमाया आचार्य माथि आक्रमण गर्नेहरुविरुद्ध किटानी जाहेरीपछि पक्राउ पुर्जी जारी भएको थियो । अन्जु सुवेदी भन्ने प्रनिता भण्डारी, कुमारी स्याङतान, नारायाणी राई , विमला श्रेष्ठ र रिना लाखजु फरार छन् ।
उनीहरुमध्ये कुमारी वागमती प्रदेश सभा सदस्य समेत हुन् । सो घटनामा संलग्न भएको आरोपमा अनिता विमलीलाई यस अघि नै पक्राउ गरिएको थियो । उनी भने आदलतको आदेशमा धरौटीमा छुटी सकेकी छन् । पार्टी नेतृत्वले भने सो घटनामा अब मुद्दा मामिला नगरी समाधानको प्रयास गरेको बताइएको छ । तर पीडित नेतृहरुले कानून बमोजिम कारवाहीको माग गरिरहेका छन् ।
