sevenstartv.com १३ वैशाख २०८३, आइतवार

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार रुपैयाँ बढेको हो ।

 आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलामा दुई लाख ८१ हजारमा कारोबार भएको थियो । त्यस्तै, यसदिन चाँदीको मूल्य पनि बढेको छ । 

चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

सम्बन्धित समाचार