sevenstartv.com ११ चैत २०८२, बुधवार

राप्रपा नेता ऋषिबाबु परियारले दिए पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा

११ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ऋषिबाबु परियारले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् । पार्टीभित्र पछिल्लो समय देखिएको राजनीतिक र वैचारिक विचलन तथा दलित समुदायप्रति पार्टीले अपनाएको नीतिको कडा आलोचना गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

परियार राप्रपाको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समितिका सदस्य र केन्द्रीय निर्देशन समितिका सदस्यका रूपमा कार्यरत थिए। साथै उनले उत्पीडित दलित संगठनको केन्द्रीय वरिष्ठ नेताको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।पार्टीले राजाको एजेन्डा लिए पनि व्यवहारमा पालन नगरेको, दलित

समुदायका समस्याप्रति संवेदनशील नभएको, समानुपातिकतर्फका ४ सिटमध्ये १ जना खसआर्य र १ जना दलित मिलाउन सकिने अवस्था हुँदाहुँदै दुवै सिटमा खसआर्यलाई नै चयन गरेर दलित समुदायलाई पाखा लगाएको उनको आरोप छ । 

पार्टीभित्र राजनीतिक र वैचारिक स्पष्टताको अभाव रहेको उनको तर्क छ। राजसंस्थालाई केवल राजनीतिक स्वार्थको भर्‍याङ मात्र बनाइएको र राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई कमजोर बनाउने काम भएको उनले उल्लेख गरेका छन्। पार्टीभित्र सच्चा देशभक्त नेता र कार्यकर्ताहरूमाथि पक्षपातपूर्ण व्यवहार गरिएको उनको भनाइ छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्